पोखरा, १८ भदौ ।गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु प्रसाद ढकालले सावारी चालकसँग ट्राफिकको ब्यवहार सभ्य र सालिन हुने बताएका छन । लेखनाथ उद्योग बाणिज्य संघले ढकालको सम्मानमा राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । आफुले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाले लगतै सडकमा उभिएका ट्राफिकको आनी बानीमा नै परिवर्तन हुने गरि मुस्कान सहित आवश्यक सोधपुछका कुरालाई अगाडी वढाउने बताए । ट्राफिक प्रहरी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि अनुकुल तथा प्रतिकुल मौसममा नभनी सडकमा उभिएका राष्ट्र सेवक हुन् तर नियम र परिधिमा रहेका सवारी चालकलाई दुःख दिने वा कुनै किसिमको आर्थिक लाभको काम ट्राफिकबाट हुन गयो भने आफुले सम्वन्धित ब्यक्तिलाई कारवाही गरेरै छाड्ने तर सवारी चालकले पनि कानुन विपरीतका काम कारवाही गरे भने तत्काल कानुन बमोजिमको कारवाही गर्ने प्रतिवद्धता समेत जनाए । ट्राफिक राज्यको प्रतिनिधी हो भन्ने भावनाले सावरी चालकले पनि ट्राफिकलाई हेर्नु पर्ने सुझाव दिदै ब्यवहारीक र कानुनी पक्षलाई हेरर सवैको हित हुने गरि ट्राफिक ब्यवस्थापन हुन्छ अनुगमन कार्यलार्ई दुःख दिने र झमेला नठानिदिन पनि उनले स्पष्ट पारे । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीका व्यवहारिक पक्षलाई पनि हेरर सावरी साधनको चेक जाच गर्नु पर्ने सुझाव दिदै दुःख दिने र राजश्व संकलनकै नाममा ट्राफिकका गतिविधी हुन नहुने धारणा राखेका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला र द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा लगायतले दुर्घटनालाई न्यूनिकरण गर्नका लागि सवैलाई ट्राफिक नियमका बारेमा जानकारी गराउनु पर्ने आवश्यकता माथि प्रकाश पारे ।
ट्राफिक प्रहरीको ब्यबहार सभ्य र सालिन हुन्छ -गण्डकी ट्राफिक प्रमुख ढकाल