हरिहर पौडेल /नवलपुर । एकीकृत शक्ति नेपालको जिल्ला सहकर्मी प्रारम्भिक भेला आज कावासोतिमा सम्पन्न भएको छ।
बिकल्प चाहनेका लागि परिबर्तन सम्भब छ भन्न नाराका साथ एकीकृत शक्ति नेपालले नवलपुरमा जिल्ला सहकर्मी प्रारम्भिक भेला सम्पन्न गरेको हो।
माधब प्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एकीकृत शक्ति नेपालका केन्द्रिय अध्यक्ष देव प्रकाश त्रिपाठी तथा महासचिब डा. बि पी तिमिल्सिना, केन्द्रीय सदस्य तथा आर्थिक बिभाग प्रमुख भास्कर राज पन्त विशेष अतिथिको रुपमा रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले एकीकृत शक्ति नेपालको स्थापना हुनुको कारण, यसको घोषणा पत्र, प्रतिबद्दता तथा लक्ष्यको बारेमा प्रकाश पार्नुभएको थियो।
साथै महासचिब डा तिमिल्सिनाले पार्टीको भावी रणनिती र कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चिरञ्जीवी पौडेलले गर्नुभएको थियो। भेलाले माधब प्रसाद लम्सालको संयोजकत्वमा १७ सदस्यीय नवलपुर जिल्ला तदर्थ समिति गठन गरेको छ।