देवचुली,नवलपुर।देवचुली नगरपालिका अनेरास्ववियु अध्यक्षमा शिशिर गैरे चयन भएका छन।एक महिना अघिदेखी सुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुलीको नगर अधिवेशन नेतृत्व चयन गर्दै आज टुंगोमा पुगेको हो । गत पुस १० गते नगर इन्चार्ज अर्मान मियाको अध्यक्षता र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य , नवलपुर इन्चार्ज माननीय सांसद तिलक महतको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको प्रथम नगर अधिवेशन बाट नेतृत्व चयन प्रक्रिया आज कृष्ण गैरेको नेतृत्वमा रहेको अध्यक्ष मण्डलले टुंगाएको हो ।
अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष शिशिर गैरे ,उपाध्यक्षहरु निरञ्जन पौडेल ,निशान्त न्यौपाने , सचीव सुजन भुसाल , सह सचीव इन्द्रमणी काफ्ले , मदन लम्साल , गंगाराम खत्री एन्जेलिना पोख्रेल र कोषाध्यक्षमा श्रद्धा पाण्डे चयन भएका छन।देवचुली नगर स्तरीय अनेरास्ववियु कार्यसमिति :

अन्ततः देवचुली अनेरास्ववियु अध्यक्षमा शिशिर गैरे