[तस्बिर र परिचय गाउँपालिका अध्यक्ष हिरा केवटको अनुमतिमा राखिएको हो]
भैरहवा । रुपन्देहीमा गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण देखिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
गाउँपालिका अध्यक्ष सहित उनकी छोरी, सवारी चालक, वडा नं. ६ का सचिव र एक जना वडा सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिका अध्यक्ष केवटले जानकारी दिए ।
गत भदौं ३ गते वडा नं. ६ का सचिव र गत बिहीबार अन्यको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको र बुधवार बेलुकी ६ बजे आएको रिपोर्ट अनुसार उनी सहित उनकी २० वर्षीया छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय एकजना वडा सचिवमा कोरोना संक्रमण देखिएको उनले बताए ।
कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना पुष्टि भएलगत्तै सबै होम आइसोलेशनमा बसेको केवटले बताए ।
उता गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणसँगै गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै बुधबार मध्यरातदेखि गाउँपालिकाबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने जनाएको छ ।
साथै जिल्ला स्तरीय (सिसिएमसी) बैठकको निर्णय अनुसार भदौं २० गते राति १२ बजेसम्म गाउँपालिका क्षेत्रभित्र लकडाउन रहने सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथाम गर्न गाउँपालिकाबाट समय समयमा जारी गरिएका सूचनाहरुको पूर्णरुपमा पालना गर्न पालिकाबासीलाई अपिल गरिएको छ ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटले राखेका फेसबुक स्टाटस : https://m.facebook.com/story.php?story_fbid=427172018258315&id=100028965611179