कावासोती ,नवलपुर।कावासोतीमा जारी खुल्ला नकाआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भानु युथ एकेडेमी क्लबलाइ ३-१ गोलले हराउदै हरियाली फुटबल क्लब रजहर बिजयी भएको छ।कावासोती ३ को शितल चौरमा जारी प्रतियोगिताको आजको खेलमा आयोजक क्लबको बि टिमलाइ हराउदै रजहरले सुखद सुरुवात गरेको हो।
खेलमा बिजयी टिमका खेलाडी समीर श्रेष्ठ म्यान अफ द म्याच घोषणा भएका छन।उनले खेल अबधिवर उत्कृष्ट खेल कला प्रस्तुत गरेका थिए।प्रतियोगिता अन्तर्गत भोलि हुने खेलमा नमुना युवा क्लब र प्रतापपुर युवा क्लबका बिचमा ठिक १२ बजे हुने प्रतियोगिता आयोजक क्लब भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिएका छन।
भानु खुल्ला नकआउट प्रतियोगिता : रजहरले आयोजक 'बि' टिमलाइ हरायो, नमुना र प्रतापपुर भोलि भिड्दै