पौष २३, सुनिता सापकोटा । छिपछिपे उपभोक्ता सहकारी संस्था कावासोतीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक साधारण सभामा नेपाल सहकारी बितिय संस्थाका केन्द्रीय सदस्य बिष्णु तिवारी, नब त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नारायण पौडेल, सहकारीका संस्थापक अध्यक्ष शुभराज शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संबोदन गर्दै प्रमुख अतिथि महतले प्रत्यक नागरिक सँग जोडिएको बित्तिय संस्था सहकारी भएकाले सदस्यमुखी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कावासोतीमा रहेका विभिन्न सहकारी संस्था मध्य छिपछिपे सहकारीले छुटै पहिचान निर्माण गरेको बताउनुभयो । संस्थाका अध्यक्ष योगेन्द्र पाण्डेले प्रगति प्रतिबेदन प्रस्तुत गदैं संस्थाले यस बर्ष झण्डै २५ करोडको कारोबार गरेको जानकारी दिनुभयो । १ हजार ६ सय १६ शेयर सदस्य रहेको सहकारीमा २ करोड २० लाख शेयर पुँजी रहेको छ । सोही अबसरमा २ कर्मचारी सहित विभिन्न बिधामा झण्डै २ दर्जन व्याक्ति लाई सम्मान गरिएको थियो । स्वक्तिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष बसन्त मोहन अधिकरीको स्वागत मन्तब्य, अर्जुन सापकोटाको संचालन रहेको थियो ।
छिपछिपे साकोसको बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न ,बार्षिक २५ करोड कारोबार