कावासोती,पौष २०। प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा एमालेबाट उमेदवार बनेका खिमानन्द भुसाल बिजयी भएका छन।उनले काङ्ग्रेस सहित ४ दलको गठबन्धनका उमेदवार नारायण पौडेललाइ पराजित गरेका हुन।कुल खसेको मत३५४९ मध्य भुसालले २००४ मत प्राप्त गरे भने पौडेलले १४४५ मत मात्रै प्राप्त गर्न सफल भए ।तेस्तै सचिब पदमा भने गठबन्धनका इन्द्रमणी भुसालले जित हात पारेका छन।१६९९ मत प्राप्त गरेका भुसालले १६७८ मत प्राप्त गरेका सचिबका प्रत्यासी सुर्य प्रसाद दवाडीलाई झिनो अन्तरले हराएका हुन ।त्यस्तै सार्वजनिक मत परिणाममा लेखा संयोजकमा रत्ना भुसाल,लेखा सदस्य महिलामा गिता रिजाल न्यौपाने,लेखा सदस्य शिवलाल पराजुलीले विजय हासिल गरेका छन।त्यस्तै वडा अन्तरगतका ब्लक सदस्यहरुमा क्रमश १ देखि ९ सम्म लक्ष्मी तिवारी,टोप प्रसाद न्यौपाने ,नन्दुलाल धिताल,दिना पराजुली ,गुना भण्डारी ,ओम प्रसाद सारु,दुर्गा देवि विस्ट,कृष्णकुमार श्रेष्ठ र जसविर पुलामी बिजयी भएका छन।
प्रगतिनगर खानेपानीको अध्यक्षमा खिमानन्द भुसाल लोकप्रिय मत सहित विजयी