काठमाडौँ, २५ मङ्सिर, २०७८ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा संस्थापन पक्षका नेता तथा वर्तमान सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन् । उनले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई अगाडि सारेका छन् । यसैगरी महामन्त्रीमा प्रकाश शरण महत र प्रदीप पौडेललाई अगाडि ल्याइएको छ । यसअघि कांग्रेसको प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा देउवा पक्षबाट महामन्त्री हुने अनुमान गरिएको थियो । यता सहमहामन्त्रीमा किशोर सिंह राठौर (खस आर्य), डिना संग्रौला (महिला) र मानबहादुर विश्वकर्मा (दलित) रहेका छन् ।
महाधिवेशनका लागि देउवा समूह फाइनल ,महामन्त्रीमा पौडेल र महत