काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह अहिले काठमाडौको भृकुटीमण्डपमा चलिरहेको छ । देशभरका लाखौ कार्यकर्ता तथा नेताहरु महाधिवेशनको उद्दघाटन समारोहमा सहभागी भएका छन। भिडमा मोबाइल नेटवर्क समेत राम्रोसँग नचलिरहेका बेला व्यक्तिगत व्यवस्थापनमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराईको छ । सधै सिर्जनात्मक कार्य गरेर चर्चामा आइरहने काँग्रेस युवा नेता गणेश सापकोटाको व्यवस्थापनमा फ्रि वाईफाईको उपलब्ध गराइएको हो । उपलब्ध वाइफाइ आइडी Ganesh Sapkota र पासवर्ड ganesh sapkota1 रहेको छ। महाधिवेशनमा आउने प्रतिनिधि, पाहुना र शुभेच्छुकलाई सुचना आदानप्रदानमा अप्ठ्यारो नहोस् भनेर निःशुल्क वाईफाई सेवा उपलब्ध गराइएको नेता सापकोटाले बताए। महाधिवेशन स्थलमा फ्री वाइफाइ उपलब्ध हुदा आफुहरुलाइ सहज भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन। सापकोटा १४औँ महाधिवेशन केन्द्रीय सदस्यका उम्मेदवार हुन्।उनी नवलपुर क्षेत्र न १ बाट महाधिवेशन प्रतिनिधि चयन भएका थिए।यस अघि उनले पुस्तक वितरण गर्ने लगायतका सिर्जनात्मक कार्यहरु गर्दै आम काङ्ग्रेस माझ आफुलाइ फरक रुपमा प्रस्तुत गर्दै आएका छन।
युवा नेता गणेश सापकोटाको रचनात्मक कार्य : महाधिवेशन स्थलमा 'फ्री वाइफाइ '