पिठौली आधारभूत बिद्यालय पुर्व बिद्यार्थीहरुले प्रविधि मैत्री शिक्षा संचालनका निम्ति सहयोग संकलन कार्यलाई तिव्र पारेका छन। कावासोती नपा- १३ कुश्नहरी स्थित श्री पिठौली आधारभुत बिधालयमा अध्ययनरत पुर्व बिद्यार्थीहरु द्वारा थालिएको प्रविधी मैत्री शिक्षा संचालनमा हालसम्म करिव २ लाख सहयोग संकलन भएको र एक महिना भित्र करिव ५ लाख संकलन गरि विद्यालय कम्प्युटर , प्रोजेक्टर , सिसिटिभी , खानेपानी फिल्टर लगायत विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गर्ने योजना रहेको पुर्व बिधार्थी तथा अभियानका अभियन्ता निराजन राज गौतमले जानकारी दिए । अभियानमा हाल सम्म देश तथा बिदेशमा रहनुहुने पुर्व बिधार्थी तथा ( जापान , अमेरिका , अस्ट्रेलिया , युएई , कतार लगायतका मुलुकबाट ) समाजसेवी र शिक्षकहरुबाट सहयोग प्राप्त भइरहेको छ । २०४४ सालमा स्थापित वडाकै पुरानो बिधालयमा हाल १३७ जना बिद्यार्थी अध्ययनरत रहेको र उनीहरुको लागि प्राविधीक शिक्षाको अत्यावश्यक रहेको र यसका निम्ति पुर्व बिद्यार्थी हरु संग सहकार्य गरिएको उक्त अभियानकी मुख्य योजनाकर्ता बिधालयका सहायक प्रधानाध्यापक सीता पाण्डेले बताइन । कक्षा नर्सरी देखि ८ सम्म संचालित बिद्यालय पहिलो पटक पुर्व बिद्यार्थी हरुद्वारा थालिएको यस अभियानमा सहयोग गर्नका लागि सम्पुर्ण पुर्व बिद्यार्थी , शिक्षक ,पुर्व शिक्षक , अभिभावक , समाजसेवी बुद्दिजिवी दाजुभाई दिदी बहिनीलाई सहयोगका लागि हार्दिक अपिल गरिएको छ । हालसम्म सहयोग गर्ने सहयोगी दाताहरु निम्नानुसार रहेका छन । १. निराजन गौतम (पुर्व विद्यार्थी ) रु ५,५५५ ( हाल युएई) २. सबिन गिरी ( पुर्व विद्यार्थी ) ५,००५ हाल युएई ३. गणेश सिग्देल (पुर्व विद्यार्थी ) रु १०,००० हाल युएई ४. केशव राज गौतम (पुर्व विद्यार्थी ) रु १,५०० ( रास्ट्रसेवक कर्मचारी हाल मुस्ताङ ) ५. तारानाथ लामिछाने (अध्यक्ष ,पुर्व शिक्षक अभिभावक संघ ) ५,५५५ ६ . दिपक बोहरा क्षेत्री (पुर्व विद्यार्थी ) रु १,५०० ( हाल युएई ) ७ आपतकालीन राहत सन्जाल कावासोती १३ - रु २१,००० ८. होमनाथ गौतम (हाल कतार )(पुर्व विधार्थी ) -रु ५,००५ ९. झलक रिजाल (हाल जापान ) (पुर्व बिद्यार्थी ) - रु ६,५०५ १०. नरेश भुषाल (गोछडा, हाल जापान ) (पुर्व बिद्यार्थी )रु ३,५०५ ११. प्रकाश जैसी ( हाल अस्ट्रेलिया ) (पुर्व बिधार्थी) रु १५,००५ १२. पिठौली आधारभूत बिद्यालयमा कार्यारत सम्पुर्ण शिक्षक शिक्षिकाहरुबाट एकमुष्ट रु - ४७,१०५ १३. डा. कमल लामिछाने कावासोती -१३ ( हाल अमेरिका) रु २५,२२५ १४. शुशान्त कार्की - कावासोती -२ रु ५,००५।
पिठौली आधारभुत विद्यालयको स्तरोन्नतिका लागि सहयोग संकलन तिव्र