कृष्ण पौडेल /नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडानम्बर १२ भुमहीमा रहेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुनवल १३ बडेरा सेवा केन्द्र विस्तार गरेको छ ।
जिल्लाकै उत्कृष्ट सहकारी सस्था मानिने लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले सेवाग्राहीहरुलाई सहजीकरणको लागि भन्दै बडेरामा पनी सेवा केन्द्र विस्तार गरेको हो मुख्य सेवा केन्द्र सुनवल ४ सेवाकेन्द्र सुनवल ७ मा पनि रहेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष लेखनाथ खरेल ले जानकारी दिनुभयो ।
सेवाकेन्द्र समुद्घाटन कार्यक्रमको अध्यक्षता हातेमालो सेवाकेन्द्र सुनवल १३ का संयोजक लालु प्रसाद पौडेल प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष वर्तमान सल्लाकार सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल विशिष्ट अतिथि पूर्व रामनगर गाविसका अध्यक्ष सामाजिक व्यक्तित्व कृष्ण प्रसाद बगाले र संस्थाका संस्थापक अध्यक्ष वर्तमान सल्लाहकार जिल्ला सहकारी संस्था लिमिटेड नवलपरासीका सचिव श्री चण्डी प्रसाद पाण्डे र अथितीहरु संस्थापक अध्यक्ष लेखनाथ खरेल संस्थाका पूर्वअध्यक्ष जिल्ला सहकारी संस्था लिमिटेड नवलपरासीका सञ्चालक वर्तमान सल्लाहकार डिल्लीराज पाण्डे धान्याचल महायज्ञ माबीका व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपाने र कृषक जनशक्ति बहुउद्देश्य सहकारी संस्था लिमिटेड का उपाध्यक्ष मदन पन्थ हुनुहुन्थ्यो र कार्यक्रममा लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी सयर सदस्य सामाजिक व्यक्तित्वहरुको पत्रकार लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि अतिथिहरुले आफ्नो धारणा व्यक्तगर्दै यस सहकारी संस्था जिल्लाकै नमुना सहकारी संस्थामा परिणत भएकोमा खुशी व्यक्त गर्नुभएको थियो कार्यक्रमको संचालन संस्थाका व्यवस्थापन बद्री प्रसाद पौडेलले गर्नु भएको थियो ।