दाङ/असोज १२ । पुस्तकले कैदिहरूमा सकरात्मक प्रभाव पारोस भन्ने उद्देश्यले सुरु भएको राष्ट्रिय पुस्तकालय अभियानले असोज ४ गते कारागार कार्यालय घोराही, दाङमा पुस्तकालय स्थापना गरेको छ।
दाङमा पहिलो चरणमा प्रदान गरिएको ३०० भन्दा बढी पुस्तकहरूले ३१७ जना कैदिबन्दि तथा कार्यालयमा अवस्थित सुरक्षाकर्मीहरू लाभान्वित हुने जनाइएको छ । यो भन्दा पहिले यस अभियान अन्तर्गत कारागार कार्यालय कपिलवस्तु, कारागार कार्यालय अर्घाखाँची,कारागार कार्यालय नवलपरासी तथा कारागार कार्यालय म्याग्दी मा पनि पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्त्रण गरिएको थियो ।
यस अभियान अन्तर्गत अन्यकामहरू जस्तै कारागार लेखन प्रतियोगिता, कैदिहरूका लेखहरू प्रकाशन आदि पनि गरिदै आएको अभियान्ता सुभद्र पोख्रेलले बताएका छन ।