रंजीत शर्मा/ नवलपरासी/ ३१ साउन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको कार्यालय जाने बाटोमा स्थानीयद्वारा अवरोध गरेका छन् ।
पालिकामा बाटो बनाउनमा अनियमितता भएको कारणले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बिजयपुरका नागरिकले बाटो अवरोध गरेका हुन् ।
गाउँपालिकाको कार्यालय विजयपुर (झुलनीपुर) कायम गर्नुपर्ने , गाउँपालिकाको कार्यालयको दक्षिणपट्टि किनारामा पर्खाल लगाउनुपर्ने ,गाउँपालिकाको कार्यालयको उत्तर पूर्वपट्टिको कुनाबाट निस्केको बाटो नक्सा अनुसार हुनुपर्ने , गाउँपालिकाको सभाहल व्यक्तिगत प्रयोजनको लागि नभई सार्वजनिक तथा समाजिक कार्यका लागि मात्र प्रयोगमा ल्याउनुपर्ने , पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुर (झुलनीपुर) गाउँको बाटो निर्माणका लागि यथासिघ्र बजेट निकासा गर्नुपर्ने , विभिन्न माग राख्दै बाटो अवरोध गरेका हुन् ।
हिजो राती पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ विजयपुरका नागरिकहरूले टायर बाली प्रदर्शन गरेका थिए।