बबिता मण्डल / साउन २१/ प्युठान जिल्ला को प्युठान नगरपालिका वडा नं 8 बाग्दुलामा चितुवाको छाला सहित तीनजना पक्राऊ परेको छन् । सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा तीनजना पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं 1 बस्ने 29 वर्षिय अभिनास पुन , सरुमाराणी 1 बाङ्गेशाल बस्ने 32 वर्षिय छविलाल परियार ,दाङ राजपुर 1 बस्ने 28 वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई 6 फिट 6 इन्च चौडाई 2 फिट 2 इन्च चितुवाको कालो , सेतो ,खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठान कानुनी कारबाही अगाडि बढाउन लागिएको छ ।
चितुवाको छाला सहित तीनजना पक्राऊ