रंजीत शर्मा/ नवलपरासी/ १९ साउन । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ०२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित ३ जना घम्भिर घाइते भएका छन्।
परासीबाट महेशपुर आउँदै गरेको लु ३३ प ५९० नम्बरको हिरो होन्डा मोटरसाइकल महेशपुर देखी परासी जाँदै गरेको युपी ५३ एल ०१९३ नम्बरको भारतीय हिरो होन्डा मोटरसाइकल एक आपसमा टोकिदा दुर्घटना भएको हो।
लु ३३ प ५९० नम्बरको मोटसाइकल चालक गम्भीर रूपमा घाइते भएको छ भनें भारतीय मोटरसाइकल चालक सहित एक महिला समेत घाइते भएको छ।
घाइतेलाई थप उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पताल परासीमा पठाएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।