भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानका डिस्ट्रिक गर्भनर नोमिनी राजेन्द्र धोजुको प्रमुख आतिथ्यतामा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । रोट्रयाक्ट क्लब अफ बौद्ध ल्याण्डका वर्ष २०२०/२१ का संस्थापक अध्यक्ष अस्मित लमगाडेले आफ्नो कार्यकालमा गरिएका सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिँदै आफ्नो कार्यकालमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले वर्ष २०२१/२२ का लागि नवनिर्वाचित अध्यक्ष दिक्षा सुनारलाई रोट्रयाक्ट सामाग्रीहरु प्रदान गर्दै शुभकामना सहित पद हस्तान्तरण गरेका थिए । रोट्रयाक्ट क्ल्व अफ सेन्ट्रल लुम्बिनीको प्रायोजकमा निस्वार्थ भावनाले साकारात्मक सामाजिक रुपान्तरणका साथै युवा वर्गहरुको व्यक्तित्व विकास, आत्मनिर्भरता तथा सबैका लागि शिक्षा भन्ने मुल नाराका साथ स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको पदभार ग्रहण गर्दै अध्यक्ष दिक्षा सुनारले क्लबको मर्म, भावना, सिद्धान्त र मूल्य-मान्यतालाई आत्मसाथ गर्दै क्लबले विगतमा गरेका सामाजिक कार्यहरुलाई निरन्तरता दिने र साथै नयाँ सामाजिक कार्यहरुको थालनी गरि सामाजिक सेवामा कटिबद्ध रहने प्रतिबद्धता प्रकट गरिन् । उनले आफ्नो स्विकारोक्ती मन्तव्य राख्दै सामाजिक कार्यहरुमा अग्रणी भूमिका खेल्दै आएको यस क्लबको अध्यक्ष पदमा पदस्थापित हुन पाउँदा आफूलाई निकै गर्व महसुस भएको र अबको दिनमा अध्यक्षको हैसियतले सामाजमा रहेका समस्याहरुको पहिचान गरी ती समस्याहरुको निराकरणमा आफु र आफ्नो टिमलाई मन मस्तिष्कले प्रोत्साहान गरी आफुले भ्याएसम्म निष्ठावान रुपले जिम्मेवारी बहन गर्ने बताइन् । सोही कार्यक्रमका बिच वर्ष २०२१/२२ का लागि निर्वाचित अध्यक्ष सुनारको अध्यक्षतामा कार्यसमिति समेत गठन गरिएको थियो । जसमा दिपेद्र चौधरी उपाध्यक्ष, विकाश तिवारी सचिव, रामकृष्ण बराल सह-सचिव, सुनिल सुनार कोषाध्यक्ष, सर्जेन्ट एट आर्म साहिद खान, मनोज कुर्मी पब्लिकेसन अफिसर, निकिता सुनार कम्युनिटी सर्भिस चेयर, धिरेन्द्र यादव प्रोफेसनल सर्भिस चेयर, सागर लमगाडे इन्टरनेशनल सर्भिस चेयर, एलिशा रमदम इनट्रेक्ट कोर्डिनेटर, अनिश पुन क्लब सर्भिस चेयर, महिमा गोतामे एक्स्ट्रा क्यारिकुलम चेयर पर्सन, रोहित खड्का स्पोर्टस् चेयर पर्सन, दिनेश पौडेल प्रेसिडेन्ट एड्भाइजर, हिरा वहादुर शाह क्लब एड्भाइजर, बोर्ड एड्भाइजर बिमल सेन्चुरी रहेका छन् भने सदस्यहरुमा रोशन शाह, जितेन्द्र थारु, राहुल यादव, रितु पाण्डे, विकाश भण्डारी, आकाश गुप्ता, अस्फाक खान, विशाल सानी र महबुब आलम रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानका डिस्ट्रिक गर्भनर नोमिनी राजेन्द्र धोजु, विशिष्ट अतिथि रोटरी डिस्ट्रिक ३२९२ जोन २५ का असिस्टेन्ट गर्भनर कृष्ण पाण्डे, रोटरी डिस्ट्रक ३२९२ नेपाल भुटानका डि. आर. आर इलेक्ट रोट्रयाक्टर लक्ष्मण खरेल, डि. आर. आर इन्भोय रोट्रयाक्टर प्रकाश शर्मा, जोन १८ का जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभ बाबुराम खनाल लगायतले क्लबले सम्पादन गर्दै आएको सामाजिक कार्यहरुको प्रशंसा गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरुको साथसाथै लोक कल्याणकारी कार्यहरुलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिएका थिए । क्लबका उपाध्यक्ष दिपेन्द्र चौधरीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिब बिकास तिवारी र क्लब सर्भिस चेयर निकिता लमगाडेले गरेका थिए ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न