रंजीत शर्मा / नवलपरासी/ १२ असार । पश्चिम नवलपरासीमा युवाहरुले कर, ब्याज मिनाहा,राहत बितरण,भ्याक्सिन लगायतकाे माग राख्दै जनताहरु सरकारलाई दिँदादिँदै भिकारी भयो भन्दै बिराेध प्रदर्शन गरेका छन्। शुक्रवार पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा बिरोध प्रर्दशन गर्दै कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै ‘नो भ्याक्सिन नो ट्याक्स, यथाशीघ्र कोरोना खाेपको व्यबस्थापन ,लकडाउन अवधिभर कर र बैककाे ब्याज मिनाह, गरिब असहाय परिवारलाई विशेष रुपमा राहतको व्यवस्था , लगाएतका माग राख्दै बिराेध प्रदर्शन गरेका हुन । पाल्हिनन्दन गाउपालिकाकाे बेलासपुर चाेकमा प्रदर्शनको सुरुवात गरि गाउपालिका अगाडि काेण सभा सम्पन्न गरिएकाे हाे । कोण सभामा वोल्दै अभियान सँयोजक धर्मेन्द्र गिरिले ब्याज कर मिनाहा,राहत बितरण र तत्काल पुरै नेपालीहरु खाेपकाे ब्यवस्थापन सरकारले तत्काल गरिनुपर्ने माग गर्नू भएको छ। सरकारले युवा राेजगारी सृजना गरिनु पर्ने कुरामा समेत जाेड दिनुभयाे। युवाहरुकाे मागलाई पूरा गर्न स्थानिय देखि केन्द्र सम्मकाे सरकार सग पहल गर्दै आएको पाल्हिनन्दन गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले अाश्वास दिनु भयाे । उपाध्यक्ष पाबित्री कोहारको अनूसार " स्थानीय निकायलाई कोभिड खोप किन्ने अनुमति न रहेकोले हामी किन्न सकेको छनौं, बाढी पीडतलाई राहत उपलब्ध गराइरहेको छौ भने विपद् व्यवस्थापनको लागि विपत कोष बनाइएको छ भने जानकारी गराएकी छिन्। केही दिन अगाडिदेखि जिल्लाकाे सबै पालिकामा बिराेध प्रदर्शन गर्दै अाज पाल्हिनन्दनमा बिराेध गर्दै कार्यक्रम सम्पन्न गरिएकाे जनाएकाे छ ।
नवलपरासीमा युवाहरुको प्रदर्शन,भन्छन् :'सरकार जनता भिखारी भए'