नारायण प्रभु, असार- ११, कावासोती । कावासोती नगरपालिकाले वडा नं. १४ का सचिब टेक प्रसाद न्यौपानेलाई सम्मान गरेको छ। कावासोती नगरपालिकाको नवौं नगर सभामा न्यौपानेलाई सरकारी सेवामा कार्यरत रहि नि: स्वार्थ रुपमा लामो समयसम्म सार्वजनिक कार्यमा दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै नगरपालिकाले उहाँलाई दीर्घ सेवाको लागि सम्मान गरेको हो। न्यौपानेले २०४२ सालबाट सरकारी कर्मचारीको सेवा प्रारम्भ गर्नु भएको थियो। उहाँ हाल कावासोती ६ को स्थायी बासिन्दा हुनुहुन्छ।
कावासोती नगरपालिकाद्वारा वडा सचिब न्यौपाने सम्मानित