रुपन्देही । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजनामा शारिरिक अपाङ्गता भएका बालबालिकाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका भित्र लकडाउनका कारण दैनिकि चलाउन गाह्रो भएका विपन्न चार घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रतिपरिवार ३० किलो चामल, २ लिटर तेल, २ किलो चिनी, ३ किलो दाल, २ किलो नुन, ४ पिस नुहाउने साबुन, आधा लिटर सेनेटाइजर लगायतका सामाग्री वितरण गरिएको परियोजना रुपन्देहिका पुर्नस्थापन सहायक तुल्सिराम ओलिले बताए । ५० घर परिवारलाई राहत वितरण गर्ने कार्यक्रम मध्ये हाल चार घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ भने रुपन्देही जिल्लाका अन्य पालिकाहरुमा लक्षित परिवारलाई राहत वितरण गर्ने योजना मध्ये सक्षम परियोजनाले अब बाँकी घर परिवार बुटवल उप महानगरपालिका र देवदह नगरपालिकामा आजै राहत सामाग्री वितरण गर्ने योजना रहेको परियोजनाका संयोजक हिरा केसिले जानकारी दिए । कार्यक्रम सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम मरासिनी लगायतको उपस्थितिमा परियोजना रुपन्देही प्रशासनका गोविन्द दवाडिको संचालनमा कार्यक्रम सम्पन्न भएकोथियो । राहत सामाग्री सिबिएमको साझेदारी एवं रुपन्देहीका विभिन्न पालिकाहरुको समन्वयमा वितरण गरिएको हो ।
शारिरिक अपाङ्गता भएका बालबालिकाका परिवारलाई राहत सामाग्री वितरण