प्रकाश अधिकारी, दमौली, २२ गते। कोभिड-१९ ले गर्दा मारमा परेका विपन्न परिवारलाई लायन्स क्लब अफ व्यास सिटिले १८० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्न परिवारलाई निषेधाज्ञा अवधिमा व्यास नगरपालिका भित्रका अधिकांश गाउमा सहयोग गरेको हो। करिब एक महिना अवधिमा खाद्यान्न अभावमा चुलो नबलेको घरमा खबर आउने बित्तिकै हामी पुगेर सहयोग गरेको व्यास सिटिका अध्यक्ष कुमार मल्लले जानकारी दिए। क्लबले मंगलबार व्यास १२ को देउराली र कमलबमरीमा वडा सदस्य पदमबहादुर लोहनी टोल विकास समितिका अध्यक्ष सहितिको उपस्थितिमा २० घरपरिवारलाई खाद्यान्न सहयोग गरि यो अभियान अन्त्य गरेको छ। तनहुँको सदरमुकाम दमौली वरपर अर्थात व्यास नगरपालिका भित्र लायन्स क्लब अफ तनहूँ व्यास सिटीले फूड बैक अभियान चलाएर बिहानबेलुका चुलो बल्न गाह्रो भएको घरपरिवारलाइ खाद्यान्न सहयोग दिदै आइरहेको थियो। क्लबका अध्यक्ष कुमार मल्ल, प्रथम उपाध्यक्ष प्रदीप मल्ल, सह सचीव शान्ता बास्तोला सक्रिय सदस्यहरु ब्रजेश शाह र मोहम्मद अलिको उपस्थितिमा खाद्यान्न सहयोग गर्दै आइरहेका थिए।यश अभियानमा सहयोग गर्ने सम्पुर्णलाई सहयोगी मनलाई क्लबका उपाध्यक्ष प्रदीप मल्लले धन्यवाद समेत दिएका छन्।
लायन्स क्लब अफ व्यास सिटिद्वारा १८० घरपरिवारलाई खाद्यान्न सहयोग