एजेन्सी।कोपा अमेरिका अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्सन गर्दै ब्राजिलले पेरुलाइ ४-० गोल अन्तरले पराजित गरेको छ।आज बिहान नेपाली समय अनुसार ५:४५ देखि सुरु भएको खेलमा पहिलो हाफमा एक गोलले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा थप तीन गोल गरेपछी सहज जित दर्ता गरेको हो।ब्राजिलको जितमा पहिलो गोल एलेक्स सान्ड्रोले गरेका थिए भने नेइमार,चार्लिसन र इभर्टनले एक एक गोल गरेका थिए।जित संगै ब्राजिलको ६ अंक पुगेको छ।समुहको शिर्ष स्थानमा रहेको ब्राजिलले आगामी खेल कोलम्बिया संग खेल्नेछ।
दोस्रो खेलमा ब्राजिलको उत्कृष्ट प्रदर्शन ,पेरुको पोस्टमा ४ गोल