कावासोती । नेपाली कांग्रेस तरूण विभागका केन्द्रीय सचिव तथा वरिष्ठ समाजसेवी श्यामप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ।गृह जिल्ला नवलपुर कावासोती नगरपालिका वडा न.६ को स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको हो।
नेता श्रेष्ठको आग्रहमा स्वास्थ्य मन्त्रालयले उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो।सर्जिकल मास्क, N95 मास्क,सेनिटाइजर,टप ग्लोब्स,सर्जिकल ग्लोब्स,पल्स,अक्सिमिटर र पि पि इ वितरण गर्नुभएको हो।पार्टीको महासमिति सदस्य समेत रहनुभएका श्रेष्ठले जिल्लाको विभिन्न पालिकालाई पनि वितरण गर्ने कार्यक्रम रहेको छ।
तरूण विभाग सचिव श्रेष्ठद्वारा स्वास्थ्य चौकीलाई स्वस्थ्य सामाग्री वितरण