कावासोती,नवलपुर। महाअभियान हरेक दिन एक मुठी दान र कावासोती ब्याइजको संयुक्त अभियान अहिले कावासोती नगरपालिकाका विभिन्न वडामा रहेका घरहरुमा पुगेको छ।कोरोना संक्रमितलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ सामाग्री तथा लामो समयको निषेधाज्ञाले असर पारेका दैनिक ज्यालादारी गरि खाने स्थानीयका लागि खाद्यान्न सामाग्री सहित युवाहरु घर घरमा पुगेका हुन।
कावासोती नगरपालिका भरिका कोरोना संक्रमित हरुलाइ वाफ लिनको लागि आवश्यक भ्यापोराइजर,जोरो नाप्ने थर्मोमिटर र संचो वितरण गरिएको अभियान अन्तर्गत कावासोती नगरपालिका वडा न ३, वडा न १० ,वडा न ७ र वडा न १ मा आवश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरिएको र अन्य वडामा पनि आज भोलिमै वितरण गरिने अभियान्ता विनोद भट्टराईले बताए।
त्यस्तै नगरपालिका र समग्र नवलपुर भरीनै खाद्यान्न संकट नहोस भन्ने उद्देश्यले स्थापना गरिएको खाद्यान्न बैक कार्यक्रम अन्तर्गत हालसम्म २० घर परिवारलाइ एक महिनालाइ पुग्ने गरि खाद्यान्न सहयोग गरिएको अभियानका संयोजक किरण भुर्तेलले जानकारी दिएका छ्न।साथै नवलपुर भरी कुनै खालका समस्या आएमा आफुहरुलाइ सम्पर्क गरेमा आवश्यक सहयोग गरिने समेत संयोजक भुर्तेलले बताए।
महाअभियान र कावासोती व्याइजका युवाहरु खाद्यान्न र स्वास्थ सामाग्री सहित घर-घरमा