कावासोती,नवलपुर । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान वाटर डिस्पेन्सर र ४७ हजार नगद हस्तान्तरण गरिएको छ । कावासोती ३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठको पहलमा तथा विभिन्न दाताहरुको सहयोगमा संकलित उक्त सहयोग जिल्ला अस्पताललाई हिजो हस्तान्तरण गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा रहेको डिस्पेन्सरले काम नगर्दा विरामी हरुलाइ तातोपानी खुवाउन समस्या भएको जानकारी पाएपछी वडाध्यक्ष श्रेष्ठको अनुरोधमा कावासोती ३ निवासी उषा देवकोटाले २ थान र कावासोती ३ निवासी रुद्र अधिकारीले १ थान वाटर डिस्पेन्सर सहयोग गरेका थिए । डिस्पेन्सर संगै जिल्ला अस्पतालको अक्सिजन प्लान्टको क्षमता अभिवृद्धिका लागि संकलन भएको ४७ हजार रुपैयाँ पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । कावासोती २ निवासी माया अधिकारीबाट २५ हजार, कावासोती ८ का तिर्थ अर्यालबाट १५ हजार र कावासोती ३ का राजेन्द्र रेग्मीबाट प्राप्त ७ हजार गरी ४७ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । यस अघि श्रेष्ठले विभिन्न व्यक्तिबाट संकलित २ लाख ४७ हजार ६ सय ६६ रुपैयाँ पनि अक्सिजन प्लाण्ट विस्तारका लागि अस्पताललाई हस्तान्तरण गरेका थिए भने कोरोना महामारी सुरु भएसंगै श्रेष्ठले वडा न ३ संगै समग्र नवलपुरबासीलाई सहयोग हुने अभियान हरु समेत संचालन गर्दै आएका छन।
वडाध्यक्ष श्रेष्ठको पहलमा जिल्ला अस्पतालमा ३ वाटर डिस्पेन्सर र ४७ हजार नगद सहयोग