कावासोती,नवलपुर।कावासोती १३ मा युवाहरुले ३३ घरपरिवारलाइ खाद्यान्न र स्वास्थ सामाग्री वितरण गरेका छन।हिजो कावासोती १३ मा रहेका ३३ विपन्न परिवारलाइ घरमै पुगेर चामल,दाल ,नुन,तेल,साबुन ,मास्क लगायतका सामाग्री वितरण गरिएको हो।कोरोना महामारीको वर्तमान अवस्थामा विपन्न परिवारलाइ दैनिक खानपानमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न तथा स्वास्थ सामाग्री सहयोग गरिएको संयोजक निराजन गौतमले बताए।
उनले देशैभर दैनिक ज्यालादारी गर्ने वर्गलाइ समस्या परिरहेको सन्दर्भमा कावासोती १३ मा पनि आर्थिक रुपमा कमजोर व्यक्तिहरुलाइ सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै अभियानमा आर्थिक ,सामाग्री सहयोग गर्ने र स्थानीय स्तरमा वितरण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए। सहयोग संकलन तथा वितरण अभियानमा कृष्ण लामिछाने ,वसन्त अधिकारी ,सिताराम कुवर,सुन्दर जंग कुवर,शिव लामिछाने लगायतको सक्रियता तथा सहभागीता रहेको छ।
कावासोती १३ का ३३ विपन्न परिवारलाइ खाद्यान्न वितरण