कावासोती,जेठ ११। नवलपुरको सामाजिक अभियान महाअभियान हरेक दिन एक मुठी दान र सक्रिय युवा ग्रुप कावासोती ब्वाइजको सहकार्यमा कावासोती ३ मा रहेका सक्रिय संक्रमितलाई घरमै पुगेर स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।आज दिउँसो तीन बजेतिर कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठको समन्वय तथा उपस्थितिमा संक्रमितकै घरमा पुगि उनिहरुको अवस्था बुझ्दै स्वास्थ सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक किरण भुर्तेलले जानकारी दिए।
संक्रमितहरुलाइ छिटो निको हुन सहज होस भन्ने हेतुले बाफ लिने मेसिन(भ्यापुराइजर) ,ज्वोरो नाप्ने थर्मोमिटर र सन्चो प्रत्येक संक्रमितको घरमा पुगेर हस्तान्तरण गरिएको कावासोती ब्वाइजका संयोजक विनोद भट्टराईले बताए।आफुहरुले नगरपालिका भरिका होम आइसोलेसनमा रहेका संक्रमित हरुलाइ आवश्यकता अनरुप स्वास्थ सामाग्री हस्तान्तरण गर्ने योजना बनाएको र आजबाट अभियान सुभारम्भ गरिएको समेत भट्टराईले बताए।
कार्यक्रम अन्तर्गत आज कावासोती ३ का ४० जना संक्रमितलाइ स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।संक्रमितको घरमा अभियान्ताहरु संगै पुगेर स्वास्थ सामाग्री हस्तान्तरण गरेका वडाध्यक्ष अमृतकुमार श्रेष्ठले युवाहरुले स्वतस्फूर्त रुपमा सहयोग संकलन गरेर संक्रमितहरुलाइ स्वास्थ सामाग्री प्रदान गर्नु उदाहरणिय भएको भन्दै कावासोती ३ बाटनै अभियान शुभारम्भ गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
हस्तान्तरण कार्यक्रममा अभियान्ताहरु बेट्टु रानाभाट ,ओमकार घिमिरे,सुमन भण्डारि ,ज्योती लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक गगन न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
महाअभियान र कावासोती ब्वाइजको सहकार्यमा कोरोना संक्रमितहरुलाइ स्वास्थ सामाग्री हस्तान्तरण