कावासोती ,।नवलपुरको जिल्ला हस्पिटल मध्यबिन्दु जिला हस्पिटलमा १५ वटा भरिएको अक्सिजन सिलिन्डर आज हस्तान्तरण गरिएको छ।नेपालि काङ्ग्रेस कोभिड अनुगमन समितिका संयोजक सुरज गुरुङको संयोजन माननीय विनोद चौधरी , माननीय संघिय सांसद देबेन्द्रराज कंडेल ,युवा नेता महेन्द्र पोखरेलको समन्यव, कावासोती ३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखा सभापति बेद प्रसाद न्यौपानेको सक्रियतामा भैरहवा पुगेर रिफिल गरिएको अक्सिजन सिलिन्डर आज एक अनौपचारिक कार्यक्रममा विच प्रदेश सभा सदस्य बिश्नु लामिछानेले हस्पिटललाई हस्तान्तरण गरेका हुन।
कोभिड अनुगमन समितिले कोरोना महामारीमा सहयोग गर्न स्थापना गरिएको विपद व्यवस्थापन सहयोगी समितिले जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको २५ वटा खाली सिलिन्डरमा अक्सिजन भरेर १५ वटा हस्पिटललाई र १० वटा विपत व्यबस्थापन सहयोग समितिलाइ हस्तान्तरण गरेको अनुुुगमन समितिका संयोजक सुुुरज गुरुङले बताए।देशैभर अक्सिजन अभावमा संक्रमितहरुले अकालमै ज्यान गैरहेको र पछिल्लो समय नवलपुरमा पनि अभाव सिर्जना भएको समचार बाहिर आएपछी सहयोग समितिको अनुरोधमा कोभिड अनुगमन समितिले चौधरी ग्रुपको आर्थिक सहयोगमा अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको काङ्ग्रेस कोभिड अनुगमन समिती नवलपुर संयोजक सुरज गुरुङले बताए। अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य विश्नु लामिछाने अहिलेको परिस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नु अत्यन्तै आवश्यक र महत्त्वपूर्ण कार्य भन्दै सम्पूर्णलाई यस्ता कार्यमा हातेमालो गर्न अनुरोध समेत गरेका थिए।
मध्यविन्दु जिल्ला हस्पिटललाई १५ थान सहित २५ अक्सिजन सिलिन्डर हस्तान्तरण