इमरान खान, कपिलवस्तु । मुस्लिम समुदायहरुको महान तथा पवित्र पर्व ईदुल फित्र (ईद) आज कपिलवस्तुमा धुमधामका साथ मनाएका छन । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको संक्रमण तीब्र रुपमा फैलिरहेको बेला कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तित्वहरु ईदगाह तथा मस्जिदमा नगई आफनै घरमा नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाएका छन । ईदका दिन ब्रतालुहरु विहानै आफनै घरमा सामूहिक रुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसंग प्रथना (दुवा) मागेका छन । त्यसपछि एक आपसमा अंकमाल गरी बर्षौको रिसहरु बिस्रि शुभकामना आदानप्रदान गर्ने गर्दछन तर यो बर्ष चाही कोरोना भाईरसले गर्दा एक आपसमा अंकमाल नगरी फोन मार्फत एक आपसमा शुभकामना आदानप्रदान गरेका छन । ईदका दिन सेबई र अरु मिठो परिकारहरु खाने र खुवाउने चलन छ । करिव एक महिनाको कडा उपासनापछि बिहिवार साँझ इदको चाँद हेरी आज शुक्रबार घरमा नमाज पढी ईदुल फित्र (ईद) पर्ब मनाएका छन । विश्वमा भैरहेको नरसंहर बन्द होस सबैमा मानवता आओस र यस माहामारी रोग कोरोना भाईरस बाट नेपालबासी लगयात सबैले निजात (छुटकारा) पाउन भन्दै अल्लाह सँग दुवा मागेर ईद पर्व मनाएका छन । नेपालका मुस्लीमहरुले आज विहान ५ : २५ बजे ईदको नामाज पढदै ईद मुबारक (शुभकामना) आदन प्रदान गर्दै नेपालमा अमन चयनको कामना गर्दै मनाएका छन । महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस भन्दै नमाज पाठ गरी अल्लाहसंग दुवा मागेका थिए ।
कपिलवस्तुमा सुरक्षीत रहदै ईदुल फित्र (ईद) मनाइदै