पुष्कर खड्का
२० बैशाख, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोमा गएराती १२ बजे मनोहर कार्कीको घरमा आगलागी हुदा एकै घरका श्रीमान् र श्रीमतीको मृत्यु भएको । आगलागीमा परी मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता कार्कीको आगोले जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार ढुङ्गा माटोले बनेको दुुईतले घरमा १२ बजे राती अकस्मात आगलागी भएपछि छोरा वर्ष ३५ का मनोहर कार्की उनकी श्रीमती वर्ष ३२ कल्पना कार्की र ३ वर्षिय छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हामफालेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिनु भयो ।
उहाँको अनुसार अकस्मात घरमा लागेको आगो निभाउन स्थानिय र वाम्ती प्रहरी चौकीवाट गएको प्रहरी टोलीले आगो निभाउन नसक्दा घर पूर्णरुपमा क्षती भएको बताउनु भयो । स्थानियहरुले राती घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुुगेको थियो । घटनास्थल पुुगेको प्रहरी प्रवक्ताको टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घरमा के कती क्षती भयो र आगलागी कसरी भयो भन्ने बिषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनापछि मृतक धनवहादुर र उनकी श्रीमती सिताको शव खनेर निकालीको छ । मृतकको शवको मुुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।