२० बैशाख, बाँके । दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढदै गएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप एक साताका लागि लम्बियाईएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागू हुने गरि लकडाउन गरेको थियो तर कोरोना संक्रमित हुनेको दर दैनिक नयाँ रेकर्ड कायम हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेको बैशाख १३ गते बसेको बैठकले बैशाख २० गते सम्म बाँके जिल्लाव्यापी रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
तर फेरि पनि कोरोना संक्रमणको दर कम भन्दा पनि तीब्र रुपमा बढदै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेको आइतबार बसेको बैठकले बैशाख २७ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रशासनले सुचना जारी गरेको छ ।
प्रशासन द्वारा जारी सुचना अनुसार आज राति १२ बजे मध्यरात देखि वैशाख २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।
यस अवधिमा के चल्ने के नचल्ने ?
एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने प्रशासनले निर्णय गरेको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।
बाँकि थप सुचनामा :