२० बैशाख, बाँके । पछिल्लो ११ घण्टाको अन्तरालमा नेपालगन्जमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९:१० देखि आज बिहान ८:३० बजे सम्म बाँकेमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको हो ।
जसमा मध्ये नेपालगन्ज उपमहानगरपालिका ३ बाँकेका ५१ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा, नेपालगन्ज उपमहानगरपालिका १ बाँकेका ६६ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा, नेपालगन्ज उपमहानगरपालिका ५ बाँकेका ४८ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा, बैजनाथ गाउँपालिका ८ की ६० वर्षिय महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा, बढैयाताल ८ बर्दियाका ४७ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा, खजुरा गाउँपालिका २ का ३२ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा, कोहलपुर नगरपालिका १४ का ६० वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यो संगै बाँके जिल्लाको मृत्युु हुनेको संख्या १३५ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएर मृत्युु हुनेको संख्या १२२ पुगेको छ ।