२० बैशाख, काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अनुसार आज वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यारातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।