अजय पाठक
१९ बैशाख, बाँके । कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण हटस्पट बनेको नेपालगन्जमा प्रहरी प्रशासनले कडाई छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको बाँकेमा दैनिक तीब्र गतिमा कोरोना संक्रमण फैलिदै गए पनि शनिबार भन्दा अगाडी प्रशासनले अनावश्यक भिडभाड नजरअन्दाज गर्दै आई रहेको थियो ।
तर शनिबार बिहान नील खबरद्वारा प्रकाशित समाचारका प्रभावले प्रहरी प्रशासन ड्युटी प्रति सक्रिय हुँदै एक्सनमा आएको छ । हाल नेपालगन्ज सहरमा प्रहरीले अनावश्यक हिलडुलमा लडाई गरेको छ । प्रहरीले शनिबार साँझ देखि नै कडाई गरेको छ ।
यस अघि नेपालगन्जको त्रिभुवन, एक्लैनी, धम्बोझी-सेतुबिक चोक, त्रिबेणी मोड – फुल्टेक्रा रोड-पुरैनी रोड, पुरैना रोड, जैसपुर, भृकुटी नगर, लगायतका क्षेत्रमा निर्बाध रुपमा चुरा पसल, जुत्ता पसल, कपडा पसल, टेन्ट पसल, पुस्तक पसल लगायतका अत्यावश्यकमा नपर्ने व्यवसाय संचालन हुँदै आई रहेको थियो । तर आज नेपालगन्ज सुनसान देखिएको छ ।
आज बिहानै देखि प्रहरीको सक्रियता देखिएको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्का आज बिहानै देखि नेपालगन्ज बिभिन्न ईलाकामा आफै खटिएर निषेधाज्ञा प्रभावकारी बनाउन तिर केन्द्रित भएका छन ।