१९ वैशाख, धनगढी । धनगढीमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु अस्पतालको स्रोतले पुष्टि गरेको छ ।
श्वासप्रश्वास सम्बन्धी समस्या रहेको ती संक्रमीत महिलालाई कडा खालको निमोनियाका रहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।