१७ बैशाख, दैलेख । कोरोना संक्रमित एक गर्भवती महिलाको शुक्रबार मृत्यु भएको छ ।नारायण नगरपालिका–६ की २७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
स्वास्थ्य कार्यालय अनुसार १० महिनाकी गर्भवती ती महिलाको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि अस्पतालमा कोरोना संक्रमणको आशंकामा स्वाव परीक्षण गर्दा उनलाई कोरोना सङक्रमण पुष्टि भएको थियो । ‘सुत्केरी हुने मिति गत चैत २८ गते नै थियो तर उनी बैशाख १२ गते अस्पताल पुगे पछि उपचार सम्भव नभएकोले सुर्खेत रिफर गरिएको थियो । यता उनीहरु घरमा आएपछि एक्कासी बिरामीलाई अस्पताल लगिएको थियो । कोरोना संक्रमणको आशंकामा स्वाव परीक्षणको रिर्पोट आउने बित्तिकै उनको निधन भएको अस्पतालको स्रोतले पुष्टि गरेको हो ।
हाल सम्म दैलेखमा संक्रिय संङ्क्रमितको संख्या १०८ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको हो ।