कावासोती,भदौ १५। कावासोती नगरपालिकाको विपद व्यवस्थापन समितिले कावासोती नगरक्षेत्र भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्थाहरुक अत्यावश्यक बाहेकका सेवा भदौ १९ गते सम्मलाइ रोक्ने निर्णय गरेको भएपनी कावासोतिका बैक र नगरको मातहतमा नरहेका सरकारी कार्यालयले भने नगरपालिकाको विपद व्यवस्थापन समितिको निर्णय विपरित कार्यालय संचालन गरेका छन।
हिजोमात्रै जिल्ला प्रशासन कार्यालय नवलपुरले भाद्र ३ गतेबाट जारी भएको निषेधाज्ञा हटाएर अघोषित लकडाउन कायम गरेको छ।प्रशासनले सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुमा न्युनतम स्वास्थ सुरक्षा मापदण्डको पुर्ण पालना गर्दै सेवा प्रवाह सुरु गर्ने आदेश जारी गरेको थियो।प्रशासनले कार्यालय खोल्ने निर्णय गरेपनी आफुहरुले स्थानीय स्तरमा बढ्दो संक्रमण ,भिडभाड बढ्दा हुन सक्ने जोखिम र नगरबासिको चाहानालाइ मध्यनजर गर्दै नगर क्षेत्र भित्रका सरकारी कार्यालय र वित्तीय संस्थाहरुको सेवामा रोक लगाउने निर्णय गरेको कावासोती नगरपालिका विपद व्यवस्थापन समितिका सदस्य लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।
जिल्ला प्रशासनले सरकारी तथा वित्तीय संस्था संचालनको निर्णय गरेको अवस्थामा नगरपालिकाले त्यस विपरीत निर्णय किन गर्यो भन्ने प्रश्नको जवाव दिदै नगरपालिकाका उपमेयर तथा विपद व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दानियाले आफुहरुले स्थानीयमा बढ्दो त्रास तथा नगरबासिमा हुन सक्ने कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको बताए।
उता नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले नगरपालिकाको निर्णय आफुलाई जानकारी भएको भन्दै आफुले हिजोनै रास्ट्रीय निर्णय अनरुप स्वास्थ सुरक्षा मापदण्ड अनरुप कार्यालय संचालनको लागि जानकारी गराएको भन्दै आज आएको निर्णयको विषयमा नगरपालिका सङ्ग कुराकानी र समन्वय गर्न लागेको जानकारी दिएका छन। अहिले कावासोती नगरपालिका भित्र रहेका सबै बैकहरु ,मालपोत ,नापी लगायतका सरकारी कार्यालय सचालनमा रहेका छन।
कावासोति नगरपालिकाको निर्णय विपरित बैंक तथा सरकारी कार्यालय संचालन