काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको छ । गयराति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।