बैशाख१४,कावासोती । कावासोती नगरपालिका वडा न ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठको पहल तथा विभिन्न सहयोगी दाताहरुको सहयोगमा निर्माण गरिएको दुई कोठे घर हिजो एक अनौपचारिक कार्यक्रममा बिच हस्तान्तरण गरिएको छ।आर्थिक अवस्था अत्यन्तै न्यून भएका कावासोती ३ सुकुम्बासी बस्तिका पुर्ण बहादुर बिकलाई हिजो निर्माण सप्पन्न घरको चापी हस्तान्तरण गरिएको हो।
आफू मर्निङ वाल्कमा हिडिरहेको अवस्थामा अत्यन्तै जिर्ण अवस्थाको घर देखेपछी आफ्नो मनले नमानेर केही स्थानीय र युवाहरु संघ सल्लाह गरि विभिन्न सहयोग दाताहरुलाइ सहयोगको लागि अपिल गरेर घर निर्माणको शुभारम्भ गरिएको वडाध्यक्ष श्रेष्ठले सहर्ष बताए।कावासोती नगरपालिकाले विपन्न घरपरिवारलाई आवास निर्माण गर्ने योजना बनाएको भएतापनी उत्त बजेट माझी मुसहर बस्तिका लागि मात्रै प्रयोग गरिएको हुदा आफुनै लागि परेर विभिन्न दाताहरुको सहयोगमा घर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
आय-व्यय सार्वजनिक गर्दै कावसोती ९ निवासी (हाल अमेरिका) महेश रेग्मी (टंक) बाट ५२१२२ , नेपाली काङ्ग्रेस वडा न ३ सभापती कोशराज कार्की बाट ७००ब्लक लगायतका धेरै व्यक्तिहरुबाट नगद तथा जिन्सी गरि जम्मा रु ३०२११२ संकलन गरिएकोमा घर निर्माणमा रु २६८७३२ खर्च भएको र बाकी रहेको ३३३८० रकम पनि यस्तै सामाजिक कार्यमा सहयोग गरिने वडाध्यक्ष श्रेष्ठले बताए।नवनिर्मित घरको हस्तान्तरण समाजसेवी कोशराज कार्की र सहयोगि चिरञ्जीवी जिसिले संयुक्त रुपमा गरेका थिए।कार्यक्रममा विभिन्न समाजसेवी तथा स्थानीय हरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै श्रेष्ठले आफुले सुरु गरेको महाअभियानमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए।
श्रेष्ठले विगतका दिनमा पनि विभिन्न सामाजिक अभियान हरु संचालन गर्दै आएका छन।घर प्राप्त गरिसकेपछी खुसी हुँदै पुर्णकुमार बिकले अभियान चलाउने वडाध्यक्ष लगायत सहयोगि सबैलाई धन्यवाद दिएका थिए।
वडाध्यक्ष श्रेस्ठको नेतृत्वमा कावासोती ३ मा निर्मित घर विपन्न परिवारलाई हस्तान्तरण