कावासोती,भाद्र १५। जिल्ला प्रशासन कार्यालय नवलपुरले हिजो मात्रै निषेधाज्ञा हटाएर बैक तथा सरकारि कार्यालयहरुलाई न्युनतम स्वास्थ सुरक्षा मापदण्ड पालना गरेर कार्यालय संचालन गर्न सुचना मार्फत जानकारी तथा निर्देशन दिएको भएपनी कावासोती नगरपालिका विपद व्यवस्थापन समितिले भने सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा रोक लगाउने निर्णय गरेको छ।आज बिहान ११ बजेदेखी बसेको विपद व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालयको अत्यावश्यक सेवा बाहेकका काम कारबाही भदौ १९ सम्म बन्द गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दानियाले जानकारी दिएका छन।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सिमित कर्मचारी र स्वास्थ सुरक्षा मापदण्ड अपनाएर कार्यालय संचालन गर्ने निर्णय गरेपनी नगरपालिकामा बढ्दो कोरोना संक्रमण तथा नगरबासिको चाहाना र अनुरोधलाइ आत्मसात गर्दै विपद व्यवस्थापन समितिले यस्तो निर्णय गरेको मर्दानियाले बताए।नगरपालिकाले अन्य सेवा,व्यवसायको सन्दर्भमा भने जिल्ला प्रशासनको निर्णयलाईनै सदर गरेको छ।
भदौ १९ सम्म सरकारी कार्यालय र बैंक पनि बन्द गर्ने कावासोती नगरपालिकाको निर्णय