१४ बैशाख, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान प्रशासनले रोक लगाएको छ ।
भारतमा कोरोना संक्रमीत हुनेको दर तीब्र गतिले बढ्दै गएको बेला कञ्चनपुरका स्थानीय प्रशासनले सोमबारदेखि नेपाली नागरिकलाई भारत जान रोक लगाएको छ ।
आइतबार देखि नै नेपाली नागरिक भारत जाने क्रम न्यून रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले बताए । धेरै नागरिकलाई सिमानाका बाटै स्वदेश फिर्ता पठाईरहेको प्रहरीको स्रोतले जनाएको छ ।
छिमेकि देश भारतमा कोरोना कहर बढेसँगै सिमा जोडिएका कैलाली र कञ्चनपुर बढि प्रभावित भएको छन ।