देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को आर्थिक सहयोगमा आभानी मिडिया प्रा.लिद्धारा संचालित १०३.८ मेगाहर्ज ह्याप्पी एफ.एमको सहजीकरणमा दलित महिला सचेतना कार्यक्रम संचालन भएको छ । देवचुली उद्योग वाणिज्य संघको सभाहलमा सोमबार देखि सुरु भएको हो । कार्यक्रमको अध्यक्षता ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष खत्रीले तालिमबाट महिला दिदीबहिनीहरुले धेरै कुरा सिक्नेमा आँफू विश्वसता रहेको बताउँदै तालिम सिकेरमात्र नहुने त्यसलाई आफ्नो जिवनमा लागू गर्न समेत अनुरोध गर्नुभएको थियो । उहाँले समुदायमा दलित भनेर हेर्ने दृष्टिकोणलाई अन्त्य गर्न महिला स्वंयम लाग्नुपर्ने बताउनुभएको थियो । 
कार्यक्रममा अध्यक्षता रहनुभएका ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले तालिममा महिला दिदीबहिनीको धेरै सहभागीताले प्रशिक्षण गर्न थप हौसला मिल्ने बताउँदै तालिमबाट महिला दिदीबहिनीमा धेरै परिवर्तन आउने बताउनुभएको थियो । 
यसैगरि तालिम ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिल, मार्केटिङ्ग म्यानेजर देवराज पौडेलले प्रशिक्षण गर्नुभएको छ । तालिममा कसरी अगाडि गएर बोल्ने, माइनुट लेखन, रेडियोमा कसरी बोल्ने, आफ्ना टोलमा भएका गतिविधिलाई रेडियोमार्फत कसरी प्रस्तुत गर्ने जस्ता विभिन्न विषयमा प्रशिक्षण गरिएको थियो । तालिममा देवचुली वडा नं १३ का १४ जना दलित महिलाहरुको सहभागिता रहेको थियो । तालिम लिन पाउँदा महिलाहरु खुशी देखिन्थे । तालिम तीन दिनको रहेको छ । कार्यक्रममा ह्याप्पी एफ.एमका प्रोग्राम को-अडिनेटर कृष्णमाया थापाले शुभकामना मन्त्वय राख्नुभएको थियो भने सहजीकरण मार्केटिङ्ग म्यानेजर देवराज पौडेलले गर्नुभएको थियो ।