१३ बैशाख, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । 
उनले व्यक्तिगत सामाजिक संजाल फेसबुक मार्फत खुलेआम पत्रकारलाई गुन्डागर्दी शैलीमा रामधुलाई गर्ने जस्तो अपशब्द प्रयोग गरेका छन । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गरेको अवस्थामा पनि उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्कीपुर्ण स्टाटस लेखेका छन ।
स्थानीयहरु स्वास्थसेवा पाएका छैन्न । तर यता स्वास्थकर्मी नेपाल भ्रमण रहेको शिवपुरका स्थानीयले बताए । लेखनाथ पौडेल यस अघि पनि पत्रकारलाई गाली गालौज गरेकै विबादमा परेका थिए ।
उनले स्वास्थ्य चौकीको औषधी आफ्नो प्राइभेट क्लिनिकमा ल्याउदै बेच्ने गरेको आरोप लाग्दै आएको छ । स्वाथ्यकर्मी पौडेल केही समय पहिले सुधारगृह बसेर आएको स्थानीयले बताए ।
उनले पत्रकारलाई लक्षित गरि सामाजिक संजाल फेसबुकमा लेखेका छन,”ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्नु पर्छ ।
झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ ।”