९ बैशाख, दाङ । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही हप्ता अगाडी उनलाई टाइफाइड देखिए पछि चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस लगत्तै झण्डै एक साता राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरेर उपचार गर्दा गर्दै पनि अधिकारीको स्वास्थ्य समस्या बिग्रिदै गएपछि बैशाख ३ गते हेलिकप्टरबाट काठमाडौ लगिएको थियो ।
उपचार कै क्रममा उनको काठमाडौंमा मृत्यु भएको हो । उनी नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य समेत थिए । उनीलामो समय गोरक्ष राष्ट्रिय दैनिकमा काम गएका थिए ।
अधिकारीको निधन प्रति नेपाल पत्रकार महासंघ दाङले दुःख व्यक्त गरेको छ । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।