इमरान खान , कपिलवस्तु । मुस्लिम समुदायका महान पर्बका रुपमा रमजाने करीम बुधवार देखि शुरु भएको छ । नेपालगंज, झापा, काठमाण्डू, पोखरा, गोरखा, सप्तरी, सिराह, बुटवल, कपिलवस्तु, बर्दिया लगायत ७७ जिल्लाहरुमा र भारतको युपी , बिहार लगायतका ठांउहरुमा बुधवार देखी रमजान करीमको रोजा राख्ने निश्चित भएको छ । शरीअत अनुसार चांद देखेर मात्र रोजा आरम्भ गरी ईदको चांद देखेर रोजा सकिने प्रावधान रहेकोमा इस्लामिक पात्र अनुसार सन २ हिजरी बाट रमजानसरिफको शुरुवात भएको र बुधवार देखि १४४० औँ बर्ष हिजरी मा रमजान सरिफ शुरु भएको छ । ईस्लामको ५ ओटा आरकानमा जसमा रमजाने करीम पनि एक महात्वपुर्ण हो । ईस्लाम धर्मलम्बी मुस्लिम समुदायहरुले यो महिनालाई महात्वपुर्ण महिना को रुपमा लिने गरेका छन । यो महिनामा हरेक मुस्लिम महिला, बच्चा देखि बुढासम्माले बिहाना देखि शाझा लगभग १६ घन्टा जति केहि पनि न खाई यहा सम्मा पानि समेत न खाई बर्त बसने गर्दछन । यो एक महिना भरी मुस्लिम समुदायहरुले केहि पनि नखाई निराजल बर्त बसि नमाज पढि, कुरानेपाक को तिलावात गर्ने फितरा जकात हरु दिने गरिब असाहय ब्यक्तीहरुलाई पुर्ण रुपले सहयोग गर्ने गर्दछन । यो महिना ईस्लाम धर्मलम्वीहरुको लागि महान महिनाको लागि प्रसिद्ध छ र यो महिनामा अल्लाहतालाको इबादत गरेर अल्लाहताला सँंग आफुले गरेको गुनाहहरुको बर्त बसि, पाँच ओक्तको नमाज पढि, कुराने पाक पढेरा र गरिबहरुको सहयोग गरी माफी मागने गर्दछन । मदरसा अहले सुन्न्त नईमुल ओलुम कपिलवस्तु, तौलिहवाका हजरत मौलाना अली हसन निजामीले जानकारी गराउनु भएको छ ।
मुस्लिम समुदायका महान पर्ब रमजाने करीम बुधवार देखि शुरु