३० चैत्र, ओखलढुङ्गा । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका-८ माम्खाका ७१ वर्षीय दान बहादुर कार्की रहेका छन । प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।
कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी अनुसार उक्त विषयमा थप आवस्यक अनुसन्धान भइ रहेको छ ।