दिपक खनाल ,सुनवल-राष्टियता प्रजातन्त्र उदारवाद भन्ने मुल नाराका साथ राष्टिय प्रजातन्त्र पार्टिको सुनवल नगर अधिवेसन लुम्विनी पार्टि प्यालेस सुनवलमा सम्पन्न भएको छ । सुनवल नगर कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नगर,वडा,जिल्ला,केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
राप्रपा सुनवल नगर कार्य समितिका अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षता रहेको कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव भरत पाण्डे,नेकपा क्रान्तिकारीका पुर्ण बहादुर शाहि, नेपाली कांग्रेसका डोलराज न्यौपाने, नेकपा माओवादीका जिल्ला अध्यक्ष भविश्वर तिवारी, शुभचिन्तकहरु मनिलाल बाबा, भोजराज बाराकोटि, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य दिनेश अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष मुक्तिराम भुषालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सम्पन्न अधिवेसनबाट पुनः दिलकुमारी बुढामगरको अध्यक्षतामा ३२ सदस्यिय कार्यसमिति निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा मोहनीलाल न्यौपाने र हरीदेवी हमाल रहनुभएको छ । कुल ४३ सदस्यिय कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुले बाकी पदहरुमा मनोनयन गरीने जिल्ला कार्यसमिति सदस्य एवं कार्यक्रम संचालिका देवी घिमिरेले जानकारी गराउनुभएको छ ।