एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सोही अवधिमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म १ करोड २८ लाख १ हजार ७८५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।