पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काजिपौवा बाट कुखुरा राखेर तानसेन जाँदै गरेको लु २ च ६३२ नम्बरको जीप गएराति तानसेन नगरपालिका काजि पौवामा दुर्घटना हुदा चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट– ४ का २७ वर्षका राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।