२३ चैत, बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट हात्ती चराउँदै गरेका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
निकुञ्जमा पाटेबाघको आक्रमणबाट हात्तीसारका कर्मचारी ३१ वर्षीय पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्ने क्रममा बाघको आक्रमणमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको आइतबार साँझ ५ बजे मृत्यु भएको थियो ।