२० चैत, बाँके । जनमत पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेषले जनमत पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य तथा उपमहासचिवको लागि मनोनयन दर्ता गरेका छन ।
यही मिति २०७७ चैत्र २८ गते हुन गइरहेको जनमत पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य तथा उपमहासचिव पदमा इरफान अहमद शेषले मनोनयन दर्ता गरेको नाईल खबरलाई बताएका छन ।
स्वतन्त्र मधेश गठबन्धनको शुरुवातकाल देखि नै संघर्ष गर्दै आएका छन । त्यस क्रममा हाल सम्म उनले २० पटक गिरफ्तार भई जेल काट्दै आएका उनले बताए ।
समाजमा एउटा क्रान्तिकारीको रूपमा पहिचान बनाएका शेषले मधेशको संघर्ष अझै पूरा नभएको बताएका छन । त्यही भएर उचित ब्यक्ति पार्टीको अग्रपंक्तिमा समेत आउन जरुरी रहेको छ होइन भने जनताको मनोभावना संग समेत खेलवाड हुने डर रहेको शेषले बताए ।
